कपिलवस्तु । नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि वडा नं ७ का ३३८ र ८ का ३९२ गरि जम्मा ७३० स्ववासि परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ७३० थान जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ७३० परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।
यसअघि सोहि नगरपालिकाको वडा नं ५,६ र १० मा २४१६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो । सरकारले देशका विभिन्न ठाउँमा लालपुर्जा वितरण अभियानलाई तीव्र रुपमा अगाडी बढाएको छ ।









