• २०८३ भदौ १५ सोमबार

एनआरएनएद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

एनआरएनएद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबान प्रभावित नागरिकको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो चरणमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

संघका अध्यक्ष डा. हेमराज शर्मासहितको टोलीले सोमबार परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।

एनआरएनएले बाढीपीडितका लागि कुल ५ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संघले रसुवा र नुवाकोटमा पुगेर स्थानीय निकाय तथा सम्बन्धित संस्थासँग समन्वय गरी राहत सामग्री वितरणसमेत गरिसकेको जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले राहत, पुनःस्थापना र पुनर्निर्माणका सबै चरणमा सरकार र एनआरएनएबीच सहकार्य हुने बताएका छन् । संघले विपद्पछिको पुनर्निर्माणका लागि विदेशमा रहेका नेपालीको सीप, अनुभव र विशेषज्ञता परिचालन गर्न तयार रहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै