काठमाडौँ । नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन भएको छ । दुर्लभ रक्तसम्बन्धी समस्याको उपचारका लागि अस्पताल भर्ना भएका उनको शुक्रबार बिहान ओस्लोस्थित राष्ट्रिय अस्पतालमा निधन भएको राजदरबारले जनाएको छ ।
३५ वर्षसम्म राजगद्दीमा रहेका हेराल्ड लोकप्रिय तथा जनतासँग नजिक रहेका राजाका रूपमा चिनिन्थे । उनले राजसंस्थालाई थप पारदर्शी र जनमुखी बनाउँदै परम्परा तोडेर गैरराजपरिवारकी सोन्यासँग विवाह गरेका थिए ।
उनको निधनपछि छोरा हाकोनले राजगद्दी सम्हाल्ने भएका छन् । हेराल्डका पत्नी रानी सोन्या, छोरी राजकुमारी मार्था लुइसा, छोरा हाकोन र छ जना नातिनातिना रहेका छन् ।









