• २०८३ भदौ १२ शुक्रबार

अस्ट्रेलियाले नेपालको बाढी तथा उद्धारका लागि ३५ लाख डलर सहयोग गर्ने

अस्ट्रेलियाले नेपालको बाढी तथा उद्धारका लागि ३५ लाख डलर सहयोग गर्ने

काठमाडौँ । बाढी तथा विपद्बाट प्रभावित नेपाललाई अस्ट्रेलियाले ५० लाख अस्ट्रेलियाली डलर अर्थात् करिब ३५ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने भएको छ ।

अस्ट्रेलियाको विदेश मन्त्रालयका अनुसार उक्त रकम मानवीय सहायता, विपद् प्रतिकार्य तथा पुनःस्थापनाका काममा खर्च गरिनेछ । सहयोगअन्तर्गत प्रभावित समुदायलाई खाद्यान्न, आकस्मिक आश्रय, स्वच्छ खानेपानी तथा सरसफाइको व्यवस्था गर्न सहयोग पुग्नेछ ।

यसैगरी, नेपालमा प्रभावित अस्ट्रेलियाली नागरिकलाई सहयोग गर्न अस्ट्रेलिया सरकारले थप कर्मचारी परिचालन गर्ने मन्त्रालयले जनाएको छ । आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको टोली नेपाल पठाउने र उक्त टोली नेपालमा यसअघि नै खटिएका अस्ट्रेलियाली कर्मचारीलाई सहयोग गर्ने मन्त्रालयले उल्लेख गरेको छ ।

यसैबीच, बाढीका कारण ३५ अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै