• २०८३ भदौ १२ शुक्रबार

एथ्लेटिक क्लबमाथि बार्सिलोनाको सहज जित

एथ्लेटिक क्लबमाथि बार्सिलोनाको सहज जित

काठमाडौँ । स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

बार्सिलोनाको जितमा कप्तान राफिन्हा र फर्मिन लोपेजले गोल गरेका थिए । राफिन्हाले खेलको ३७औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा बार्सिलोनाले थप गोलका अवसर सिर्जना गरेको थियो । तर एथ्लेटिक क्लबका गोलरक्षक उनाइ सिमोनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । दोस्रो हाफमा एथ्लेटिक क्लबले बराबरी गोलका लागि प्रयास गरेको थियो । तर बार्सिलोनाले खेलमा दबाब कायम राखेको थियो । खेलको ८२औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि एथ्लेटिक क्लबले गोल फर्काउन नसकेपछि बार्सिलोनाले २-० को जित सुनिश्चित गरेको थियो ।

यो जितसँगै बार्सिलोनाले ला लिगाको नयाँ सिजनमा लगातार दुई खेल जितेको छ । यसअघि बार्सिलोनाले एल्चेलाई ५-० गोल अन्तरले पराजित गरेको थियो । एथ्लेटिक क्लबले भने नयाँ सिजनमा लागातर दोस्रो हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै