काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा उनले कलेजका विविध गतिविधिबारे जानकारी लिनुका साथै कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए ।
मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण उक्त तालिममा १० विदेशी र ८२ नेपाली गरी जम्मा ९२ जना शिक्षार्थी अधिकृतहरू सहभागी छन् । विस २०४९ पौष १४ गते स्थापना भएको सो कलेजबाट हालसम्म नेपाली सेनाका १३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बल, नेपालका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका १३२ गरी जम्मा १५०७ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन् ।









