• २०८३ श्रावण २९ शुक्रबार

कांग्रेस विभाजित मानसिकतामा छ- डा. शेखर कोइराला

कांग्रेस विभाजित मानसिकतामा छ- डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजित मानसिकतामा रहेको बताएका छन् ।

कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी विभाजित मानसिकतामा रहेकोले कांग्रेसको विभाजन रोक्नुपर्ने बताएका हुन् ।

यो भेला कांग्रेसलाई एकढिक्का बनाउन यो भेला आयोजना गरिएको बताउदै आफुलाई कांग्रेस एक हुनेमा विश्वास रहेको बताए । 

देश संकटमा परेको बताउदै नेता कोइरालाले संसद ठिक ढंगले नचलेको टिप्पणी गरेका छन् । उनले प्रेस स्वातन्त्रता खतरामा परेको बताउदै उनले न्यायापालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिए । प्रहरीले घर घरमा गएर खानतलासी गरिरहेको बताउदै प्रजातन्त्रमा यस्तो हुन नसक्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै