काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको कमजोर अवस्था र नयाँ नेताहरूको असफलतालाई मात्रै आफ्नो राजनीतिक पुनरोदयको आधार ठान्नु पुराना दलका लागि ठूलो भूल हुने चेतावनी दिएका छन् ।
भट्टराईले पुराना दलका प्रमुख नेताहरूले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको कमजोर अवस्थालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतिमा रमाउन थालेको बताउदै यसलाई आफ्नो राजनीतिक पुनरोदयको आधार ठान्नु पुराना दलका लागि ठूलो भूल हुने चेतावनी दिएका छन् ।
भट्टराईले पुराना राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको अकर्मण्यता तथा प्रमुख नेताहरूको अयोग्यतालाई आफ्नो उदयको मुख्य आधार बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको बताउदै रवि लामिछाने र बालेन्द्र शाहले पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति, वर्गीय तथा सामाजिक आधार स्पष्ट गर्न ध्यान नदिँदा अहिले ओरालो यात्रा सुरु भएको टिप्पणी गरेका छन् ।
उनले अरूको परीक्षा लिएर रमाइरहेकाहरू अहिले आफ्नै परीक्षामा असफलताको अवस्था देखिरहेको बताउदै नेतृत्वमा टिकिरहन वा शासन लम्ब्याउन बाहिर र भित्रका विरोधीमाथि बदला तथा प्रतिशोधको राजनीति आधार बन्न नसक्ने बताएका छन् ।
उनका अनुसार पुराना दलले विगतका कमजोरीको समीक्षा नगर्ने, कमजोर हुँदै गएको वर्गीय तथा सामाजिक आधार पुनर्निर्माणमा ध्यान नदिने र नेतृत्वका कमजोरी ढाकछोप गर्ने हो भने समस्या थप गहिरिँदै जाने चेतावनी समेत दिएका छन् ।
त्यस्तै, नीति, विचार र संगठनको पुनर्गठनबारे छलफल गर्न तयार नहुने तथा पार्टीका समस्या र कमजोरीलाई लुकाएर उही जयजयकार गर्ने भीडलाई लोकप्रियता र शक्तिको स्रोत ठान्ने प्रवृत्ति पनि गलत हुने भट्टराईको भनाइ छ ।








2026-08-14-10-49-09_1000x533_50.webp)
