• २०८३ श्रावण २८ बिहीबार

निरोशन डिकवेला तेस्रो सिजनमा पनि लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

निरोशन डिकवेला तेस्रो सिजनमा पनि लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले श्रीलंकाका विकेटकिपर ब्याटर निरोशन डिकवेलालाई‌ तेस्रो सिजनका लागि पनि टोलीमा अनुबन्ध गरेको छ ।

लुम्बिनीले डिकवेलालाई‌ तेस्रो सिजनका लागि पनि टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।

डिकवेलाले गत सिजन लुम्बिनीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । गत सिजन लुम्बिनीबाट ६ खेल खेल्दै उनले १३७ रन बनाएका थिए ।

३३ वर्षीय डिकवेलाले श्रीलंकाका लागि ५४ टेस्ट, ५५ एकदिवसीय र २८ टी- २० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । लुम्बिनीमा रोहित पौडेलसहित सन्दीप जोरा, शेर मल्ल, दिनेश अधिकारी, दिलिप नाथ, अभिषेक गौतम, तिलक भण्डारी, अरनिको यादव, दुर्गेस गुप्ता, आकाश त्रिपाठी, आसिफ सेख, किशोर महत्तो र अजय चौहानलगायतका घरेलु खेलाडी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै