धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । विहिबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका हुन् ।
एमालेले गत असार ३१ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका शाहले आजसम्म विश्वासको मत लिनुपर्ने समयसीमा थियो ।
केन्द्रमा भएको सहमतिअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्री बन्ने बताइएको छ ।









