काठमाडौँ । आज संघीय संसदका सात समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।
त्यस्तै राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।









