• २०८३ श्रावण २५ सोमबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ११६ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ११६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेशमा २ जना तथा काठमाडौँ उपत्यका र कर्णालीमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २९ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २० जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा २४ जना, सुदूरपश्चिममा ९ जना, गण्डकीमा २ जना र कर्णालीमा ४ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै