• २०८३ श्रावण २२ शुक्रबार

राष्ट्रिय सूचना आयोगका तीन पदमा आवेदन खुला

राष्ट्रिय सूचना आयोगका तीन पदमा आवेदन खुला

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका एक प्रमुख सूचना आयुक्त र दुई सूचना आयुक्त (कम्तीमा एक जना महिला रहने गरी) को रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

राष्ट्रिय सूचना आयोगका पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले शुक्रबार सूचना प्रकाशित गर्दै तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र, अर्थात् २०८३ साउन २८ गते कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको हो ।

आवेदकले आफ्नो व्यक्तिगत विवरण, आवश्यक योग्यताका प्रमाणित प्रतिलिपिलगायतका कागजातसहित राष्ट्रिय सूचना आयोग, त्रिपुरेश्वरस्थित सचिवालयमा आवेदन बुझाउन सक्नेछन्। साथै आयोगको इमेल info@nic.gov.np मार्फत पनि आवेदन पेश गर्न सकिने जनाइएको छ ।

सचिवालयका अनुसार पदका लागि आवश्यक योग्यता, मापदण्ड तथा अन्य विस्तृत विवरण राष्ट्रिय सूचना आयोगको वेबसाइटमा उपलब्ध रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै