• २०८३ श्रावण २२ शुक्रबार

भारतीय सेना प्रमुख सेठ पाँच दिने नेपाल भ्रमणमा आउदै

भारतीय सेना प्रमुख सेठ पाँच दिने नेपाल भ्रमणमा आउदै

काठमाडौं । भारतीय सेना प्रमुख धीरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् । उनी साउन ३१ गते काठमाडौं आइपुग्ने भएका हुन् । सो अवसरमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मनार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् ।

नेपाल र भारतका सेनाका प्रमुखहरू सन् १९५० देखि एकअर्को मुलुकका मानार्थ सेना प्रमुख रहने प्रचलन रहेको छ । 

नेपालका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले २०२४ को डिसेम्बरमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट मनार्थ महारथीको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए ।  

पाँच दिने औपचारिक भ्रमणका क्रममा उनले प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपति पौडेललगायत उच्च अधिकारीहरूसँग छलफल गर्नेछन् । त्यस्तै उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ ।  

भारत सरकारले ३१औं सेना प्रमुखखको रूपमा सेठलाई ३० जुन २०२६ मा नियुक्त गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै