काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र सुदूरपश्चिममा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १०५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १७ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ११ जना, बागमतीमा ३ जना घाइते भएका छन् भने लुम्बिनीमा ३२ जना, सुदूरपश्चिममा ७ जना, गण्डकीमा २ र कर्णालीमा ४ जना घाइते भएका छन् ।









