काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनीमा ५, गण्डकीमा ४, कोशी र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ८४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १३ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १३ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा २ जना, गण्डकीमा २, सुदूरपश्चिममा ६ जना र कर्णालीमा १० घाइते भएका छन् ।









