काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले देशमा हिंसा हुने अवस्था बन्दा सरकार बेखबर भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले देशमा अशान्त भएको, दिउसै गोली चलेर ज्यान जादा सरकार बेखबर भएको भन्दा बाहिर निस्किन आग्रह गरेका हुन् ।
सांसद राईले कुनै पनि समुदायलाई लक्षित गरेर सामग्री प्रकाशन गर्न सबैलाई आग्रह गर्दै सरकारले आधिकारीक धारणा नआएको भन्दै आलोचना गरे ।
संसदमा गृहमन्त्री उपस्थित नभएको भन्दै सरकार कालो कोठामा बसेर चिहाएको महसुस भएको उनले बताए । उनले बल प्रयोग गरेर समस्याको समाधान नहुने भन्दै जेनजी आन्दोलन यसको ताजा उदाहारण रहेको बताए ।









