• २०८३ श्रावण १४ बिहीबार

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ- बासना थापा

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ- बासना थापा

काठमाडौँ । नेपाली काँग्रेसले सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेस प्रमुख सचेतक बासना थापाले सुनसरी घटनामा युवाको ज्यान गएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउदै घटना बारे सरकारले संसदमा जानकारी दिन माग गरेकी छन् ।

उनले यसअघि काठमाडौँको मेयर हुदा बालेन्द्र शाहले लेखेको स्ट्याटस उल्लेख गर्दै नेपाली नागरिकको मृत्युको पनि सत्ता बाहिर हुदा र सत्तामा हुदा फरक हुन्छ र भन्दै प्रश्न समेत गरेकी छन् ।

सांसद थापाले सुनसरी घटनामा सरकारको भूमिकाप्रति प्रश्न उठाउदै सरकार र खासगरी प्रधानमन्त्री संवादहिनतामा रहेको उल्लेख गरेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै