• २०८१ कार्तिक १६ शुक्रबार

आज नेपालले एशियाडमा नौ खेलमा प्रतिष्पर्धा गर्दै

kharibot

काठमाडौँ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दै छ । 
इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का तालीम तथा प्रशिक्षण विभाग निर्देशक रिमबहादुर रानाभाटले जानकारी दिए । 
फूटबलमा नेपाल शुरुआती दुई खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिरिने लगभग निश्चित छ । समूह चरणको अन्तिम खेलमा आज पाकिस्तानसँग वेस्ट जाभास्थित शहीद चन्द्रभागा रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । 
नेपालले हालसम्म एशियाली खेलकूदमा खेलेका १७ खेलमा नै पराजय भोगेको छ । सत्र खेलमा ६८ गोल खाँदा केबल १ गोल गर्न सकेको छ । 
त्यस्तै तेक्वान्दोमा कमल श्रेष्ठ र पार्वती गुरुङले चाइनिज ताइपेहका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् । यस्तै महिला टिम इभेन्ट्सतर्फ उज्वेकिस्तानसँग खेल्नेछ । 
फेन्सिङ सावर इभेन्टमा कमला श्रेष्ठ र रवीना थापाले प्रतिस्पर्धा गर्दैछन् । पुल एमा रहेकी कमलाले जापान, मङ्गोलिया, हङ्कङ, चीन, इण्डोनेशिया र भियतनामकी खेलाडीसँग प्रतिष्पर्धा गर्दैछन् । रवीनाले दक्षिण कोरिया, कम्बोडिया र इरानकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् । 
कुस्तीमा भागवत साह, सरोज यागद र सुरेश सुनारले प्रतिष्पर्धा गर्दैछन् । उसुको ५२ केजी तौल समूहअन्तर्गत जुनी राईले भियतनामका खेलाडीसँग र ६० केजी तौल समूहमा मङ्गलप्रसाद थारुले इण्डोनेशियाका खेलाडीसँग प्रतिष्पर्धा गर्दैछन् । 
नेपालले आजै ब्याडमिन्टनको महिला तथा पुरुष टिम इभेन्ट्समा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्दैछ । ब्याडमिन्टनको टिम इभेन्ट्समा पुरुषतर्फ नेपालका विकास श्रेष्ठ, रत्नजीत तामाङ, नवीन श्रेष्ठ र दीपेश धामीले प्रतिष्पर्धा गर्दै छन् । 
महिला टिम इभेन्ट्समा पनि नेपालले आजै पहिलो खेल माल्दिभ्ससँग खेल्दैछ । मल्भ्दिसविरुद्ध खेल्ने नेपाली खेलाडीमा नङ्सलदेवी तामाङ, अमिता गिरी, जेशिका गुरुङ र रसिला महर्जन छन् । नेपालले कबड्डीमा आयोजक इण्डोनेशियासँग प्रतिस्पर्धा गर्दै छ । 
यही भदौ १७ गतेसम्म हुने एशियन गेम्समा ४५ देशका ११ हजार पाँच खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाएका छन् । प्रतियोगितामा ४० खेल सहभागी छ । चालीसमध्ये नेपालले २९ खेलमा प्रतिपर्धा गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै