• २०८१ बैशाख २० बिहीबार

एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान

kharibot

पोखरा। इण्डोनेशियामा हुने १८औँ एशियाली खेलकूदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली आज पोखराबाट त्यसतर्फ प्रस्थान गरेको छ । 

टोलीलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रीय महासचिव शैलेन्द्र राउत, नेपाल खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठकलगायतले बिदाइ गरेका छन् । प्रथम पटक एशियाली खेलमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउनेमा नेपालबाट पाँच पुरुष र तीन महिला छन् । 

नेपाली प्याराग्लाइडिङ टोलीले इण्डिभिजुअल एक्युरेसी, टिम क्रस कण्ट्री र टिम एक्युरेसीमा महिला-पुरुष खेलाडीले छुट्टाछुट्टै पदकका लागि प्रतिस्पर्धा गर्नेछ । 

प्रस्थान गर्ने खेलाडीमा विमल अधिकारी (टिम कप्तान), विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम, त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ छन् । प्याराग्लाइडिङ खेल आगामी भदौ २ देखि १४ गतेसम्म हुँदैछ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै