इलाम । इलाममा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-२ बस्ने ६६ वर्षीय प्रसादे दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रसादे ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।









