• २०८३ असार २३ मंगलबार

अर्थमन्त्री डा. वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष कान्डाबीच भेटवार्ता

अर्थमन्त्री डा. वाग्ले र  एसियाली विकास बैंकका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । 

सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्तामा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्री डा. वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै