• २०८३ असार १५ सोमबार

जारी महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा

जारी महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । इङल्याण्डमा जारी महिला टी- २० विश्वकपमा भारतको यात्रा समूह चरणमै टुङ्गिएको छ । आइतबार राति लर्ड्समा भएको आफ्नो अन्तिम समूह खेलमा छ पटकको च्याम्पियन अष्ट्रेलियासँग ६ विकेटले पराजित भएपछि भारत सेमिफाइनल पुग्न असफल भएको हो ।

सेमिफाइनलमा स्थान बनाउन भारतलाई अष्ट्रेलियाविरुद्ध जित अनिवार्य थियो । तर महत्त्वपूर्ण खेलमा भारतीय टोलीले दबाब सम्हाल्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

अष्ट्रेलियाले लगातार पाँचौँ जित निकाल्दै समूह ‘ए’ मा १० अंकसहित शीर्ष स्थान हासिल गर्‍यो र सेमिफाइनलमा प्रवेश गर्‍यो । त्यस्तै दक्षिण अफ्रिका ८ अंकसहित समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयो ।

भारतले पाँच खेलमध्ये तीनमा जित र दुईमा हार बेहोर्दै ६ अंक जोड्यो । तर त्यो सेमिफाइनल पुग्न पर्याप्त भएन ।

यही समूहको अर्को खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई ४ विकेटले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यससँगै भारतको सेमिफाइनल पुग्ने सम्भावना पूर्ण रूपमा समाप्त भएको थियो ।

समुह ए बाट भारतसहित बंगलादेश, पाकिस्तान र नेदरल्याण्डस बाहिरिएका छन भने समुह बी बाट श्रीलंका, न्यूजील्याण्ड, स्कटल्याण्ड र आयरल्याण्ड बाहिरिएका छन् ।

महिला टी- २० विश्वकपको सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ‘ए’ बाट अष्ट्रेलिया विजेता र दक्षिण अफ्रिका उपविजेताका रूपमा अघि बढेका छन् । समूह ‘बी’ बाट इङ्ग्ल्यान्ड विजेता तथा न्युजिल्यान्ड उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।

अब सेमिफाइनलमा मंगलबार अस्ट्रेलियाले वेस्ट इन्डिजको सामना गर्ने भने अर्को सेमिफाइनलका खेलमा जुलाई २ मा  इङल्याण्डले दक्षिण अफ्रीकाको सामना गर्ने छ । जारी विश्वकपको फाइनल खेल आगामी आइतबार हुने तालिका छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै