• २०८३ असार १३ शनिबार

सेती नदीको बीच भागमा फसेका ११ जनाको सकुशल उद्धार

सेती नदीको बीच भागमा फसेका ११ जनाको सकुशल उद्धार

धनगढी । डोटीको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बीच भागमा फसेका ११ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही ठाउँका स्थानीयहरु सेती नदीस्थित शिव मन्दिरमा पुजा गर्न गएकोमा नदीमा तटबन्ध निर्माण गर्न बाधिएको अस्थायी बाँध फुट्दा उनीहरु नदीको बीच भागमा फसेका थिए ।

सो लगत्तै सशस्त्रको ३६ नम्बर गण डोटीबाट सशस्त्र प्रहरी निरीक्षक शुसिल भट्टको कमाण्डमा खटिएको टोलीले रवर वोटको प्रयोग गरी नदीमा फसेकाहरुको उद्धार गरेको हो ।

उद्धार गरिएकाहरुमा सोही नगरपालिका–२ बस्ने ८६ बर्षिय मोहन पाठक, ७६ बर्षिय प्रेम बहादुर कठायत, ७० बर्षिय शिवराज कठायत, ६९ बर्षिय बालुराम कठायत, ७४ बर्षिय हेमराज जोशी, ६५ बर्षिय बाटु कठायत, ८० बर्षिय पदम राज भट्ट, ६० बर्षिया संजा श्रेष्ठ, ३८ बर्षिय दिपकराज पाठक, ९ बर्षिय कृष्ण कठायत र ६ बर्षिय ब्रण्डन कठायत छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै