बाँके । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेक गाउँपालिका-१ बस्ने २३ वर्षीय बिधान विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
बिधानले ती महिलालाई नेपालगंज उपमहानगरपालिका-४ स्थित होटलमा बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









