• २०८३ असार १२ शुक्रबार

झापामा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिकको भित्री सडकखण्डमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

बिहीबार साँझ करिब ७ बजे रामचोकबाट भद्रपुरतर्फ आउँदै गरेको मे १ क ६४३ नम्बरको गिट्टी लोड गरेको टिपरले पैदलयात्री स्थानीय १० वर्षीया अनुकृती चापागाईलाई ठक्कर दिएको हो । गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पुर्‍याइएकोमा चिकित्सकले साँझ ७:२५ बजे मृत घोषणा गरेका हुन् ।

घटनापछि टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ बस्ने ५३ वर्षीय श्यामप्रसाद दाहाललाई नियन्त्रणमा लिइएको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गरी अगाडिको सिसा फुटाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै