• २०८३ असार ११ बिहीबार

रास्वपाको पहिलो चरणको मतदान सकियो

रास्वपाको पहिलो चरणको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतदान सम्पन्न भएको छ ।

पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गतको पहिलो चरणको मतदान सम्पन्न भएको हो । गत राति १२ बजेदेखी मतदान करिब साढे १२ बजे सकिएको छ । 

९९ केन्द्रीय सदस्यका लागि प्रदेश प्रदेशबाट ५-५ जना र खुलाबाट ६४ जना निर्वाचित हुदै छन् । यसका लागि ३७९ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले अबको दुई घण्टामा नतिजा सार्बजनिक गरेर दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरु गर्ने बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै