• २०८३ असार ९ मंगलबार

कैलालीमा मन्टेश्वरीका विद्यार्थी बोकेको अटो दुर्घटना, चालकसहित १४ जना घाइते

कैलालीमा मन्टेश्वरीका विद्यार्थी बोकेको अटो दुर्घटना, चालकसहित १४ जना घाइते

कैलाली । कैलालीको गोदावरी नगरपालिका-२ मोतिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुलको अटो दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् ।

मंगलबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालिका मन्टेश्वरी बोर्डिङ स्कुलको अटो अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा अटो चालक लम्कीचुहा नगरपालिका-०१ बस्ने ५९ वर्षीय जगत बिष्ट, शिक्षिका ३० वर्षीया तुला घर्ती तथा स्कुलका विद्यार्थीहरू गरी जम्मा १४ जना घाइते भएका हुन् ।

घाइते सबैलाई उपचारका लागि लालरत्न अस्पताल, लम्कीमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै