• २०८३ असार ७ आइतबार

ट्रम्पको इरानलाई चेतावनी- हिजबुल्लाको आक्रमण नरोके फेरी आक्रमण गर्छौं

ट्रम्पको इरानलाई चेतावनी- हिजबुल्लाको आक्रमण नरोके फेरी आक्रमण गर्छौं

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै लेबनानमा हिजबुल्लाहको गतिविधि तुरुन्त रोक्न आग्रह गरेका छन् ।

ट्रम्पले इरानलाई चेतावनी दिदै हिजबुल्लाहको आक्रमण नरोके अमेरिकाले इरानमा यसअघि भन्दा कडा आक्रमण गर्ने बताएका  छन् ।

यसैबीच इजरायली सेना प्रमुख इयाल जमिरले लेबनानमा कायम युद्धविराम निकै कमजोर अवस्थामा रहेको बताएका छन् । उनका अनुसार हिजबुल्लाहसँग फेरि संघर्ष सुरु हुन सक्ने सम्भावना रहेकाले सेना उच्च सतर्कतामा रहनुपर्ने अवस्था छ । उनले हिजबुल्लाहलाई ठूलो क्षति पुगेको दाबी गर्दै त्यसलाई पुनः बलियो बन्न नदिने स्पष्ट पारेका छन् ।

लेबनानमा इजरायल र हिजबुल्लाहको युद्धविराम पालना नभएपछि अमेरिका-इरान तनाव फेरी बढ्न सक्ने संकेत देखिएको छ । इरानले इजरायलले आक्रमण नरोकेको भन्दै होर्मुज बन्द गरेको घोषणा गरेको छ ।

यसैबीच स्विजरल्याण्डमा अमेरिकी उपराष्ट्रपति र इरानका सभामुखले वार्ता अगाडी बढाएका छन् । यस वार्तामा पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख पनि सहभागी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै