काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ८४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २८ जना घाइते भएका छन् भने काठमाडौँमा २० जना घाइते भएका छन् । त्यस्तै कोशीमा १८ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ५ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिममा ११ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।









