काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका दुई समिति अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।
बिहान ८ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक बर्ष २०८२-८३ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य-मुख्य व्यवस्थाका सम्बन्धमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ भने समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यस्तै बिहान ८ बजे नै बस्ने सार्बजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफलको कार्यसूची रहेको छ ।









