काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।
मंगलबार भएको भेटवार्तामा नेपाल-भारतबीच विकास साझेदारी र जनता-जनताबीचको सम्बन्धमा केन्द्रित भएको जयशंकरले उल्लेख गरेका छन् । उनले लामिछाने र उनको प्रतिनिधिमण्डललाई भेट्न पाउँदा खुशी लागेको बताउदै छलफल विकास र समृद्धि प्रवर्द्धनमा केन्द्रित रहेको बताएका छन् ।
लामिछानेले यसअघि आजै भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेटवार्ता गरेका थिए ।










