काठमाडौं । इरानले काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको फाइनल खेलमा इरानले काजकिस्तानलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जितेको हो । इरानले काजकिस्तानलाई २५–१८, १९–२५, २५–१५ र २५–२१ ले पराजित गरेको हो ।
सन् २०२५ मा उज्वेकिस्तानमा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली उज्वेकिस्तानलाई हराउँदै इरानले नै उपाधि जितेको थियो ।
यसअघि आजै भएको तेस्रो स्थानको खेलमा भारतले नेपाललाई ३–१ को सेटमा पराजित गर्दै काश्य पदक जितेको थियो । नेपाल घरेलु कोर्टमा सम्पन्न काभा च्याम्पियनसिपको चौथो स्थानमा सीमित हुदै पदक विहिन बनेको छ ।
नेपालले भरतसँग २२–२५, २३–२५, २५–१५ र २२–२५ को सेटमा हार व्यहोरेको थियो ।









