काठमाडौँ । जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुदैछ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेलमा इरान र काजकिस्तान खेल्दैछन् । फाइनल खेल अपराहन्न साढे ४ बजेदेखि शुरु हुने छ ।
इरानले नेपाललाई र काजकिस्तानले सेमिफाइनलमा भारतलाई पराजित गरेर फाइनलमा पुगेका हुन् । त्यस्तै तेस्रो स्थानका लागि आजै नेपाल र भारतबीच खेल हुदैछ । यो खेल दिउसो १ बजे हुनेछ ।









