काठमाडौँ । सरकारले करका दरमा बृहत पुनरावलोकन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुर्याएको घोषणा गरेका हुन् । यसअघि यो सीमा ५ लाख थियो । त्यस्तै, व्यक्तिगत आयकर दर २९ प्रतिशतमा झारिएको छ । यसअघि यो दर ३९ प्रतिशत थियो ।
त्यस्तै अर्थमन्त्री वाग्लेले ३६० वस्तुको अन्तशुल्क खारेज गरेको बताएका छन् ।
अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।









