काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले एशियन गेम्स क्वालिफायर्स अन्तर्गतको खेलमा चीनलाई १२६ रनको लक्ष्य दिएको छ ।
मलेसियामा जारी खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको हो । नेपालका लागि पुजा महतोले सर्बाधिक ६३ रन बनाएकी थिइन् भने सोनी पाख्रिनले १८ र रुबी पोदारले २५ रन बनाएकी थिइन् ।
त्यसैगरी चिनियाँ बलर मा रुइकेले २ विकेट लिएकी थिइन् भने वांग हुइइंग र लि जियापिंगले एक एक विकेट लिएका थिए ।
यस प्रतियोगितामा नेपालको पहिलो खेल हो भने चीनले पहिलो खेलमा इन्डोनेसियालाई ३ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ ।









