काठमाडौं । प्रहरीले काठमाडौँको कुलेश्वरबाट स्रोत नखुलेको १२ लाखसहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगर- १४ कुलेश्वरबाट प्रहरीले स्रोत नखुलेको १२ लाख १५ हजारसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा ५० बर्षिय शंकर शाह, ३३ बर्षिय भीमसेन तिमल्सिना र ४० बर्षिय प्रमोद कुमार यादव रहेका छन् । प्रहरीले हाल उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।









