मुम्बई । बलिवुड अभिनेता रणबीर सिंह र दीपिका पादुकोनेले आगामी नोभेम्बरमा विवाह गर्ने भएका छन्।
फिल्म फेयरका अनुसार उनीहरुले इटालीमा विवाह गर्ने निधो भएको उल्लेख गरेको छ। रनबीर र दीपिकाले उत्तरी इटालीको लेक कोमोमा आफ्नो वैवाहिक कार्यक्रम गर्ने तय गरेको बताइएको छ।
विवाहमा दुवै परिवारका ३० जना सामेल हुने र कार्यक्रम अत्यन्त निजी तवरबाट सम्पन्न हुने बताइएको छ। अभिनेता कबीर बेदीले पनि दीपिका र रनबीरलाई उत्कृष्ट जोडी भन्दै बधाई पनि दिएका छन्।