• २०८३ जेठ १२ मंगलबार

सप्तकोशी नदीको बीच टापुबाट ४७५ केजी गाँजा बरामद

सप्तकोशी नदीको बीच टापुबाट ४७५ केजी गाँजा बरामद

विराटनगर । सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले करीव ४७५ केजी गाँजा बरामद गरेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा १६ वटा बोरामा अवैध रुपले लुकाई छिपाई राखेको उक्त गाँजा बरामद गरिएको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र सुरक्षा वेश रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राज विक्रम खड्काको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो । नदीको बीच टापुमा भएको कारण सशस्त्र प्रहरीले र्याप बोटको प्रयोग गरी सो गाँजा नदि वारी ल्याएको थियो ।

बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको सशस्त्रले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै