• २०८२ माघ ५ सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित चार भारतीय नागरिक नियन्त्रणमा

kharibot

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले १० केजी ९६० ग्राम गाँजासहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

थाईल्याण्डको बैंककहुँदै एयर एसियाको उडानबाट काठमाडौ आएका उनीहरुलाई शुक्रबार दिउँसो करीव २ बजे सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेश गौचर काठमाडौले उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएकाहरुमा भारत घर बताउने ३८ वर्षिया शाजिया, ४८ वर्षिय रइश अहमद, ७२ वर्षिया फातमा र ११ वर्षिय हादी अहमद छन् । उनीहरुले ल्याएको लगेजमा कफी र चक्लेटको प्याकेटभित्र लुकाई छिपाई राखेको उक्त गाँजा सो बेशबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका चारै जनालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै