काठमाडौँ । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गर्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री डा. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सभामुखले बोलाएपछि विपक्षी दलहरुले विरोध गरेका थिए । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेपनि सत्ता पक्ष रास्वपाका सांसदहरुले भने प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीको स्थानमा अन्य मन्त्रीले छलफलमा भाग लिन र जवाफ दिन पाउने जिकिर गरेका थिए ।









