काठमाडौं । इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टिम टी-२० सिरिज खेल्न नेपाल आउने भएको छ । सन् २०२७-३१ को सर्कलमा इङ्ल्यान्ड र नेपालबीचको सिरिज टियु क्रिकेट स्टेडियममा हुने भएको हो ।
क्यानका सचिव पारस खड्काले टियु क्रिकेट मैदानमा इङल्याण्डविरुद्ध नेपाल खेलेको हेर्न पर्खिन नसक्ने भन्दै आफ्नो उत्साह व्यक्त गरेका छन् ।
इङ्गल्याण्ड नेपाल आउने मिति बारे अहिले क्यान छलफल मै रहेको बताइएको छ ।
नेपाल र इङ्ल्यान्ड पछिल्लो पटक भारतको मुम्बईमा टी-२० विश्वकप अन्तर्गतको खेल खेलेका थिए, जुन खेलमा इङ्ल्यान्ड केवल ४ रनले विजयी भएको थियो । सो खेलपछि इङल्याण्डको जित भन्दा नेपालको प्रदर्शनको बढी चर्चा भएको थियो ।









