पाल्पा । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-६ बराहाटार बस्ने ४२ वर्षीय संजय कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
संजयले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









