काठमाडौं । सरकारले विभिन्न देशका १५ अवैतनिक दूतहरुलाई बर्खास्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशस्थित १५ स्थानमा रहेका नेपाली अवैतनिक दूतहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबारको नियमित ब्रिफिङका क्रममा पदमुक्त गरिएका १५ स्थानका अवैतनिकदूतको जानकारी दिएका छन् ।
जसमा अमेरिकाका क्यालिफोर्निया, मासाचुसेट्स र सियाटल, अस्ट्रेलियाका एडलेड, मेलबर्न र सिडुनी, न्युजिल्यान्ड, मलेसियाको क्लाङ भ्याली, इन्डोनेसियाको जाकर्ता, इजरायलको रेहोवोट सिटी, साइप्रसको निकोसिया, जर्मनीका एनआरडब्ल्यू, ब्रेमिन र लोवर स्याक्सोनी र वार्सा, स्लोभेनिया र माल्टाका अवैतनिकदूत रहेका छन् ।









