• २०८३ बैशाख २२ मंगलबार

म्यानचेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएपछि आर्सनललाई राहत

म्यानचेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएपछि आर्सनललाई राहत

काठमाडौँ । म्यानचेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएपछि इङलिश प्रिमियर लिगको उपाधि दौडमा आर्सनललाई ठुलो राहत भएको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी र एभर्टन ३-३ गोलको बराबरी खेलेका थिए ।

३-१ गोलले पछि परेको म्यानचेस्टर सिटीले खेलको ८३औं मिनेटमा इर्लिंग हालान्डा र ९० मिनेटपछिको इन्जुरी समयमा जेरेमी डोकुको गोलमा खेलमा कमब्याक गर्दै खेल बराबरी गरेको थियो । यस खेलमा सिटीका लागि डोकुले २ गोल गरेका थिए ।

त्यस्तै एभर्टनका लागि थिएर्नो बारीले २ गोल गरेका थिए भने जेक ओब्रायनले एक गोल गरेका थिए ।

यो बराबरीपछि म्यानचेस्टर सिटीको ३४ खेलमा ७१ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको आर्सनलको ३५ खेलमा ७६ अंक रहेको छ । त्यसैगरी एभर्टनको भने ३५ खेलमा ४८ अंक रहेको छ र १०औं स्थानमा छ ।

अब लिगका तीन खेल खेल्न बाँकी रहेको आर्सनलले सबै खेल जितेमा २००३-०४ पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जित्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै