काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिदै बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।
आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सभापति थापाले लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस भएको बताउदै प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध नभएर यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि भएको बताएका छन् ।
उनले सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको भन्दै सभापति थापाले कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिने सञ्चारकर्मीहरूलाई सम्मान व्यक्त गरेका छन् ।









