• २०८३ बैशाख ४ शुक्रबार

बलिवुडको सुपरहिट 'सैयारा' टिमले घोषणा गर्यो नयाँ फिल्म

बलिवुडको सुपरहिट 'सैयारा' टिमले घोषणा गर्यो नयाँ फिल्म

काठमाडौँ । बलिवुडको २०२५ को सुपरहिट फिल्म 'सैयारा' को टिम फेरी अर्को फिल्ममा दोहोरिने भएको छ । निर्देशक मोहित सुरी, निर्माता अक्षय विधानी तथा मुख्य कलाकार अहान पाण्डे र अनीत पड्डा नयाँ प्रोजेक्टका लागि पुनः एकजुट भएका छन् ।

'सैयारा' टिमले नयाँ फिल्मको घोषणा गरेपनि फिल्मको नाम भने तय गरिएको छैन । सामाजिक सञ्जाल र मिडियामा फिल्मको नाम सैयारा- २ हुनसक्ने अड्कलबाजी चलेपनि निर्माण पक्षले यो फिल्मको नाम सैयारा- २ नहुने स्पष्ट गरेको छ ।   

यो नयाँ फिल्म एक भावनात्मक प्रेमकथामा आधारित हुने बताइएको छ, जसमा गहिरो भाव र संगीतलाई विशेष रूपमा जोड दिइनेछ । निर्माण टिमका अनुसार फिल्मको कथा अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

यशराज फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म यसै वर्षदेखि छायांकनमा जाने तयारीमा छ । 

सैयारा फेम अभिनेता अहान पाण्डेले यसअघि आफ्नो दोस्रो फिल्म चर्चित निर्देशक अली अब्बास जफरसँग गर्ने घोषणा गरिसकेका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै