• २०८२ चैत २६ बिहीबार

होर्मुजमा आक्रमणपछि हराइरहेका तीन थाई नाविकको मृत्यु पुष्टि

होर्मुजमा आक्रमणपछि हराइरहेका तीन थाई नाविकको मृत्यु पुष्टि

काठमाडौँ । होर्मुज जलडमरूमध्यमा गत महिना भएको आक्रमणपछि हराइरहेका तीन थाई नाविकको मृत्यु पुष्टि भएको छ । थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिहासक फुआंगकेतकेओले यसको जानकारी दिएका हुन् ।

गत मार्च ११ मा होर्मुज जलडमरूमध्य हुँदै गइरहेको थाई झण्डा बोकेको १८० मिटर लामो मालवाहक जहाज ‘मयूरी नारी’ मा आक्रमण भएको थियो । जहाजमा २३ जना चालक दलका सदस्य सवार थिए ।

आक्रमणपछि ओमानका अधिकारीहरूले उद्धार अभियान सञ्चालन गरी २० जनालाई सुरक्षित निकालेका थिए भने तीन जना बेपत्ता भएका थिए । ती बेपत्ता तीनै जनाको मृत्यु भएको पुष्टि गरिएको हो ।

मन्त्री फुआंगकेतकेओले यसै महिनाको अन्त्यतिर ओमान भ्रमण गर्ने बताएका छन् । उनले त्यहाँ उद्धार कार्यमा सहयोग गर्ने अधिकारीहरूलाई धन्यवाद दिने र होर्मुज क्षेत्रमा अड्किएका ९ थाई जहाजका लागि सुरक्षित मार्ग सुनिश्चित गर्न सहयोग माग्ने जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै