• २०८३ जेठ ६ बुधबार

कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

काठमाडौं । जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई  ६ विकेटले पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा कोशी प्रदेशले दिएको १६३ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लबले ३३.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पुलिसको जितमा आरिफ सेखले अविजित ८१ र राशिद खानले अविजित ७३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४२.५ ओभरमा अल आउट हुदै १६२ रन बनाएको थियो । कोशीका लागि सुजन थपलियाले सर्बाधिक ४८ रन बनाए भने सुमन श्रेष्ठले ४३ रन बनाएका थिए । त्यसैगरी पुलिस क्लबका बलर दिनेश खरेलले ५ विकेट लिए भने ललित राजबंशी र सागर ढकालले २-२ विकेट लिए ।

यो जितपछि ५ खेलमा ७ अंक हासिल गर्दै पुलिस क्लब अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । त्यस्तै कोशी प्रदेशको भने यो पाँच खेलमा चौथो हार हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै