• २०८३ बैशाख ४ शुक्रबार

भ्रष्टाचार नियन्त्रण गर्न नसके रास्वपा पनि हराएर जान्छ- महावीर पुन

भ्रष्टाचार नियन्त्रण गर्न नसके रास्वपा पनि हराएर जान्छ- महावीर पुन

काठमाडौँ । म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले भ्रष्टाचार नियन्त्रण गर्न नसके रास्वपा पनि कालान्तरमा हराएर जाने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सांसद पुनले  नयाँ सरकार बनेसँगै पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने उल्लेख गर्दै सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जाने बताएका हुन् ।

उनले नियमले अवरोध गरे तत्काल नयाँ व्यवस्था बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्- 'सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जानेछ । तीन महिना भित्र जनताले सुशासनको अनुभुति गर्न सकुन । भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पुर्ण सहयोग गर्नेछु ।'

पुनले रास्वपाको सरकारले पहिलो दिन देखि नै भ्रष्टाचारीहरुलाई नियम पुऱ्याएर कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्ने बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै